साशा हाइड्रोपावरको आइपीओ निष्कासनका लागि एनआइएमबि एस क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त
काठमाडाैं। साशा इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले आइपीओ निष्काशन गर्नको लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्ध नियुक्त गरेको छ।
हाइड्रोपावरले आफ्नो जारी पूँजीको २० प्रतिशतले हुन आउने २५,००,००० कित्ता साधारण शेयरहरु निष्कासन गर्न लागेकाे हाे।
सन् २००७ मा स्थापना भएको साशा इन्जिनियरिङ हाइड्रोपावरले दोलखास्थित खानी खोलाको पानि प्रयोग गरि ३० मेगावाट क्षमताको खानि खोला (दोलखा) जलविद्युत आयोजनाको सर्वेक्षणका लागि विद्युत ऐन, २०४९ बमोजिम विद्युत उत्पादनको सर्वेक्षण अनुमति पत्र प्राप्त गरि उक्त आयोजनाबाट उत्पादन हुने विद्युत शक्ति खरिद बिक्री गर्नका लागि नेपाल विद्युत प्राधिकरण संग विद्युत खरिद–बिक्री सम्झौता समेत गरिसकेको छ । हालसम्म उक्त आयोजनाको ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भैसकेको छ।
धितोपत्र निष्काशन सम्बन्धी सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट अध्यक्ष पवित्र कुमार कार्की तथा र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेद्वारा हस्ताक्षर गरिएको छ । उक्त कार्यक्रममा साशा इन्जिनियरिङ्ग हाइड्रोपावरका कम्पनी सचिव दिलिप कुमार चौधरी तथा एनआइएमबि एस क्यापिटल लिमिटेडका महाप्रबन्धक सचिन्द्र ढुंगानाको समेत उपस्थिति रहेको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment