सुनको मूल्य बढ्यो

डिसी नेपाल
९ साउन २०८१ १०:५३

काठमाडौं। आज नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ।

बुधबार सुन तोलामा ११ सयले बढेर तोलाको एक लाख ४७ हजार ४ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस अघि मंगलबार सुनको मुल्य तोलाको १ लाख ४६ हजार ३ सय रहेको थियो। त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४६ हजार ७ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला १५ रुपैयाँले बढेर १८०५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *