न्यादी हाइड्रोपावरले घटायो नोक्सानी

डिसी नेपाल
१३ साउन २०८१ १०:५४
28
Shares

कठमाडौं। न्यादी हाइड्रोपावर गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा नोक्सान व्यहोरेको छ। अघिल्लो वर्षको तुलनामा यसको नोक्सनी घटेको छ।

कम्पनीले १६ करोड ६६ लाख ७३ हजार रुपैयाँको नोक्सानी व्योहोरेको छ। अघिल्लो वर्षको यसैअवधिमा यसले २० करोड ९३ लाख २१ हजार रुपैयाँ नोक्सान व्यहोरेको थियो। यसअवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी पनि सामान्य बढेको छ। विद्युत बिक्रीबाट आम्दानी बढेकै कारण यसले आफ्नो नोक्सानीमा केही कमी ल्याउन सकेको देखिन्छ।

यसले विद्युत् बिक्रीबाट ५९ करोड २० लाख ४६ हजार रुपैयाँ आम्दानी गरेको छ। अन्य स्रोताट हुने आम्दानी ७८ हजार रुपैयाँ छ। गत असार मसान्तसम्म यसको चुक्ता पुँजी १ अर्ब ५० करोड छ। प्रतिसेयर आम्दानी ११ रुपैयाँ ११ पैसा ऋणात्मक छ। प्रतिसेयर नेटवर्थ ६६ रुपैयाँ ०२ पैसा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *