बेलायतको साउथपोर्टमा चक्कु प्रहार हुँदा कम्तीमा ८ जना घाइते

डिसी नेपाल
१५ साउन २०८१ १५:५६
80
Shares

काठमाडौं । बेलायतको साउथपोर्टमा चक्कु प्रहारबाट कम्तीमा आठ जना घाइते भएका छन् । यस घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

उत्तर-पश्चिम एम्बुलेन्स सेवाले छुरा प्रहारमा कम्तीमा आठ जना घाइते भएको र एल्डर हे अस्पतालमा उपचार भइरहेको बताएको छ।

यद्यपी घाइतेहरुको बारेमा भने केही खुल्न सकेको छैन । बेलायती प्रधानमन्त्री केयर स्टारमरले घटनाको निन्दा गर्दै अस्पतालमा घाइतेहरुसँग भेटघाट गरेका छन् ।

स्टारमरले सामाजिक सञ्जालमा पोस्ट गर्दै भने, “म पीडितहरूसँग छु। प्रहरी र आपतकालीन सेवाहरूलाई धन्यवाद। मैले सम्पूर्ण अवस्थाको निगरानी गरिरहेको छु।”

साउथपोर्ट सांसदले भनेका छन्, “पीडितहरूलाई हरसम्भव रूपमा सहयोग भइरहेको छ। हामी पीडित परिवारको साथमा छौं।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *