तोलामा चार सयले बढ्यो सुनको मूल्य
काठमाडौं। स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु चार सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु एक लाख ४५ हजार सात सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ४६ हजार एक सय निर्धारण भएको छ।
यस्तै, बुधबार प्रतितोला रु एक लाख ४५ हजारमा कारोबार भएको तेजाबी सुन आजका लागि भने रु एक लाख ४५ चार सय निर्धारण भएको छ । उता, चाँदीको मूल्य तोलामा रु १० ले बढेको छ। बुधबार प्रतितोला रु एक हजार सात सय ४० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार सात सय ५० निर्धारण भएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment