हमास नेता इस्माइल हानियाको अन्तिम यात्रामा हजारौं मानिसको भीड

डिसी नेपाल
१८ साउन २०८१ १६:०३
92
Shares

काठमाडौं । इरानमा हमासका शीर्ष नेता इस्माइल हानियाको अन्त्येष्टिमा हजारौं मानिस भेला भएका छन् । बुधबार तेहरानमा भएको आक्रमणमा हानियाको मृत्यु भएको थियो ।

इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले हमास नेताका लागि प्रार्थना गरेका छन्। हानियाको शवलाई कतारमा दाहसंस्कार गरिने भएको छ ।

हानियाको मृत्युमा खामेनीले भनेका थिए, “हमास नेताको मृत्युको बदला लिनु इरानको कर्तव्य हो।”

अमेरिकी सञ्चारमाध्यमलाई उद्धृत गर्दै खामेनीले इजरायलमाथि प्रत्यक्ष हमला गर्ने आदेश पनि दिएको बताइएको छ ।

तेहरानमा भएको आक्रमणमा इरानले इजरायललाई जिम्मेवार ठहर गरेको छ । यद्यपी इजरायलले अहिलेसम्म यस हमलाको प्रत्यक्ष जिम्मेवारी लिएको छैन।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने – उनको देशले हालका दिनहरूमा आफ्ना शत्रुहरूलाई कडा प्रहार गरेको छ, जसमा तेहरान आक्रमणको केही घण्टा अघि लेबनानमा एक वरिष्ठ हिजबुल्लाह कमाण्डरको मृत्यु पनि समावेश छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *