युक्रेनले पहिलोपटक अमेरिकामा बनेको एफ-१६ लडाकु विमान पायो
काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफूले अमेरिकामा बनेको पहिलो एफ–१६ लडाकु विमान प्राप्त गरेको बताएका छन् ।
गोप्य स्थानमा आयोजित कार्यक्रममा जेलेन्स्कीले भने, ‘युक्रेनले एफ–१६ पायो, हामीले त्यो हासिल गर्यौं ।
जेलेन्स्कीले यी विमानको आगमनले युक्रेनको वायुसेनाको शक्ति अझ बढ्ने बताए । युक्रेन अहिलेसम्म सोभियत युगको जेट विमानमा मात्र निर्भर थियो।
तर, जेलेन्स्कीले अमेरिकाबाट कतिवटा विमान प्राप्त गरेका छन् भन्ने बताएनन् ।
उनले डेनमार्क, नेदरल्यान्ड्स र विशेष गरी अमेरिकालाई १८ महिनाको प्रतीक्षापछि विमान उपलब्ध गराउन सहयोग गरेकोमा धन्यवाद दिए।
यद्यपि, जेलेन्स्कीले युक्रेनलाई थप विमानहरू चाहिने बताए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment