चन्द्रागिरीबाट तीन केजी गाँजासहित एक जना पक्राउ
फाइल फोटो
काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट ३ किलो २५० ग्राम लागूऔषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका-८ बस्ने ४५ वर्षीय गीता प्रसाद ढुंगाना रहेका छन्।
प्रहरी प्रभाग नागढुंगा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुंगाबाट खटिएको प्रहरीले मकवानपुर हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको बा।प्र।०३-००१ ख १६१९ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment