फूलबारी–बंगलाबन्घु नाका सञ्चालनमा, बंगलादेशसँगको आयात–निर्यात सहज
झापा। नेपाल, भारत र भुटानको त्रिदेशीय व्यापारीक नाका फूलबारी –बंगलाबन्घु नाका खुलेकोे छ । नाका खुलाभएसँग बंगलादेशसँगको आयात निर्यात सहज भएको छ ।
पूर्वी नाका काँकरभिट्टामा रोकिएका मोलासिसका कन्टेनर बंगलादेश तर्फ र बङ्गलादेशको नाकामा रोकिएका कन्टेनर नेपालतर्फ आएका नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काकरभिट्टाका प्रमुख सुवास पाण्डेयले जानकारी दिए।
उनले भने, “ बंगलादेशमा अन्तरिम सरकार गठन भएसँगै यही साउन २३ गतेदेखि बङ्गलादेशसँगको आयात निर्यातमा सहज हुन थालेको छ। ”
कार्यालयका अनुसार गत आव २०८०/८१ मा रु ४६ करोड ३१ लाख ८९ हजार सामग्री बंगलादेश निर्यात हुँदा रु तीन अर्व ८३ करोड ६८ लाख २२ हजार बराबरको सामग्री आयात भएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment