गायक प्रकाश तिमिल्सिनाको निधन

डिसी नेपाल
२७ साउन २०८१ ८:३३
820
Shares

काठमाडौं। गायक प्रकाश तिमिल्सिना ललिपुरस्थित आफ्नै डेरामा मृत फेला परेका छ ।

ललितपुर प्रहरी परिसरका अनुसार अहिले विहान ५ः ०० बजे आफ्नै कोठमा मृत फेला परेका हुन्। दृष्टिविहन गायक तिमिल्सिना ललितपुर महानगरपालि-१८ आदिनाथ मार्गस्थित आफ्नै कोठामा मृत अवस्थामा फेला परेको परिसरका प्रवक्ता एसपी नरेशराज सुवेदीले बताए ।

उनको मृत्युको कारणबारे केही नखुलेको प्रहरीले जनाएको छ। ‘मुखमा रगत र फिँज देखिएको छ कारणबारे केही पनि अनुमान गर्न सकिने अवस्था छैन, उहाँको श्रीमती काम विशेषले विराटनगर जानुभएको रहेछ पर्खिरहेका छौ’, एसपी सुवेदीले भने।

तिमिल्सिनाको शव पाटन अस्पताल लगिएको छ। एसपी सुवेदीका अनुसार गायक तिमिल्सिना राति कोठामा एक्लै थिए। दृष्टिविहीन गायक तिमिल्सिना २०६५ सालमा ईमेज च्यानलले आयोजना गरेको एउटा रियालिटी शोमा विजयी भएपछि सांगीतिक क्षेत्रमा उदाएका थिए।

गायक तिमिल्सिनाले खलि, प्रिय तिम्रो सिउँदोमा सिन्दुर भर्न देऊ, तिम्रो हातको सिन्दुर, जुन भन्दिनँ, तिमीलाई देखेर आँखा त्यहीँ छोडी हिँडे म आदि गीत गाएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *