फेरि बढ्यो सुनको मूल्य
काठमाडौं। नेपाली बजारमा सुनको भाउ आइतबार तोलामा प्रतितोला ७०० रुपैयाँबले बढेको छ।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ७०० रुपैयाँले बढेर १ लाख ४८ हजार ८०० रुपैयाँ कायम भएको छ। यसअघि, शुक्रबार छापावाल सुन १ लाख ८८ हजार १०० रुपैयाँ कायम रहेको थियो।
यता, आज चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले घटेर १७ सय २० रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदीको भाउ प्रतितोला १७ सय ३० रुपैयाँ कायम रहेको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment