जगदम्बा मोटर्स र पोस्टामले सय कन्टेन्ट क्रिएटरलाई टिभिएस एन्टर्क स्कुटरले पुरस्कृत गर्ने

डिसी नेपाल
२७ साउन २०८१ २२:५०

काठमाडौं। जगदम्बा मोटर्स नेपालका लागि टिभिएस स्कुटर र मोटरसाईकलको एक मात्र आधिकारिक वितरक हो । मोटर्सले नेपाली सोसल मिडिया एप पोस्टामसँग सहकार्य गर्दै नेपालकै सबैभन्दा ठूलो कन्टेन्ट प्रतियोगिताको आयोजना गर्ने भएको छ।

यस प्रतियोगिताको मुख्य उद्देश्य नेपालभरका कन्टेन्ट क्रिएटरहरूलाई आफ्नो कला देखाउँदै रोमाञ्चक पुरस्कारहरू जित्न प्रोत्साहन गर्ने रहेको छ ।उक्त प्रतियोगिता पोस्टामको प्लेटफर्ममा हुनेछ ।

अन्य सोसल मिडियाप्ल्याटफर्महरू भन्दा भिन्न रहेको पोस्टाममा प्रयोगकर्ताहरूले सूचनाआदान–प्रदान गर्न, मानिसहरुसँग कनेक्ट हुनुका साथै आफ्नो कन्टेन्टलाई मनिटाइज गरेर नियमित पोस्टहरु मार्फत पनि आम्दानी गर्ने अवसरहरू प्राप्त गर्छन् ।

कम्पनीका अनुसार यो प्रतियोगिता एक ऐतिहासिक र नेपाली कन्टेन्ट क्रिएटरहरूको लागि सबै भन्दा ठूलो पुरस्कार राशी रहेको प्रतियोगिता हो ।

टिभिएस नेपालकी प्रोडक्ट हेड करुणा पुडासैनीले यस प्रतियोगिताको लागि पोस्टाम एपसँग साझेदारी गर्न पाउँदानिकै उत्साहित रहेको बताइन्। साथै यो प्रतियोगिता कन्टेन्ट क्रिएटरलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने उत्कृष्ट अवसर प्रदान गर्ने जनाइन् ।

त्यस्तै पोष्टमका प्रमुखकार्यकारी अधिकृत र सह–संस्थापक रोनिशदाहालले यो प्रतियोगिताले कन्टेन्ट क्रिएसनलाई आफ्नोकरियरको रुपमा स्थापित गर्न नेपालभरका कन्टेन्ट क्रिएटरहरूलाई मद्दत गर्ने कुरामाविश्वस्त रहेको बताए।

कन्टेन्टको क्वालिटी र इङ्गेजमेन्टको आधारमा टप १००जना छनोट हुने आयोजकले बताएका छन्। पोस्टामले आवश्यक कन्टेन्ट थिमको बारेमा गिगफिचरमार्फत स्पष्ट निर्देशनहरू प्रदान गर्नेछ जसले सहभागीहरूलाई सुरुवात गर्न निकै सहजबनाउने छ ।

पोस्टाम प्रयोगकर्ताहरुले यो बाहेक अन्य थुप्रै अवसरहरुमार्फत पनिआम्दानी गर्न सकिने सुविधाप्रदान गर्नेआयोजकले जनाएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *