युगन्डामा फोहोरको पहिरोमा पुरिएर १८ को मृत्यु, बेपत्ताको खोजी हुदैँ
कम्पला। युगान्डाको राजधानी कम्पालामा एउटा फोहोरको थुप्रोमा पहिरोमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ ।
युगुन्डाका सुरक्षा अधिकारीहरूका अनुसार सो फोहोरको पहिरोमा परेर बेपत्ता भएकाहहरुको खोजी जारी राखिएको छ ।
शहरको एक मात्र ल्यान्डफिल साइट कितेजीमा दुई दिनपछि मुसलधारे वर्षाले फोहोरको ठूलो टुक्रा भत्केपछि प्रहरीले मृत्यु हुनेको संख्या घोषणा गरेको थियो, उसका अनुसार सो फोहोराको पहिरोले बासिन्दाहरू सुतिरहेका बेला मानिस, गाईवस्तु र घर पुरिएका छन् ।
अधिकारीहरूले आइतबार ८ जनाको मृत्यु भएको पुष्टि गरेका थिए, तर उद्धारकर्ताहरूले बाँचेको खोजी गर्दा मृतकको संख्या बढेको छ।
एसोसिएटेड प्रेसका अनुसार मृत्यु हुनेको संख्या १८ पुगेको अधिकारीहरूले जानकारी दिए ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment