सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा बढ्यो
काठमाडौं। सूर्यज्योति लाइफ इन्स्योरेन्सको खुद नाफा १४६.०३ प्रतिशतले बढेको छ।
जुन ३९ करोड ६५ लाख ३७ हजार रुपैयाँ पुगेको हो। गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा यसले नाफा कमाएको हो। अघिल्लो वर्षको यसैअवधिमा यसले १६ करोड ११ लाख ७३ हजार रुपैयाँ नाफा कमाएको थियो।
कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी बढ्दा खुद नाफामा सुधार आएको हो। उक्त आम्दानी ४१.४७ प्रतिशत बढेर ३ अर्ब ११ करोड १८ लाख रुपैयाँ पुगेको छ।
यता, खुद बिमा शुल्क आर्जन २७.४७ प्रतिशतले बढेर ९ अर्ब १० करोड ५९ लाख ४८ हजार रुपैयाँ पुगेको छ। कुल आम्दानी ३०.१८ प्रतिशतले बढेर १२ अर्ब ६६ करोड २७ लाख रुपैयाँ पुगेको छ।
बिमा कोषको आकार ३३ अर्ब ६३ करोड रुपैयाँ भन्दा धेरैको छ । चुक्ता पुँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार रुपैयाँ रहेको यसको रिटेन्ड अर्निङमा ५६ करोड ९५ लाख रुपैयाँ रहेको छ। प्रतिसेयर आम्दानी ८ रुपैयाँ ७२ पैसा र प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ५६ पैसा छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment