रु रु जलविद्युत परियोजनाले ७.०७ प्रतिशत कमायाे नाफा

डिसी नेपाल
२८ साउन २०८१ ११:२२
16
Shares

काठमाडौं। रु रु जलविद्युत परियोजनाको खुद नाफा ७.०७ प्रतिशतले बढेको छ। जुन बढेर ७ करोड ३६ लाख ७७ हजार रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा यसले ७.०७ प्रतिशत नाफा कमाएको हो।

अघिल्लो वर्षको यसैअवधिमा यसले ६ करोड ८८ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

१ वर्षको अवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी ०.९२ प्रतिशतले बढेर १३ करोड ६२ लाख ३७ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको यसैअवधिमा यसको यस्तो आम्दानी १३ करोड ४९ लाख ९४ हजार रुपैयाँ थियो। कुल नाफा २.११ प्रतिशतले बढेर ९ करोड २० लाख ५७ हजार रुपैयाँ पुगेको छ।

असार मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी ४९ करोड ३३ लाख २३ हजार रुपैयाँ र जगेडा कोषमा १८ करोड २४ लाख ११ हजार रुपैयाँ छ। प्रतिसेयर आम्दानी १४ रुपैयाँ ९३ पैसा र प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ९८ पैसा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *