रातभरमा ५३ रुसी ड्रोन खसालेको युक्रेनी सेनाको दाबी

डिसी नेपाल
२८ साउन २०८१ १४:४३
64
Shares

काठमाडौं । युक्रेनको सेनाले रातारात ५७ रुसी आक्रमण ड्रोनमध्ये ५३ वटा नष्ट गरेको बताएको छ ।

रुसी सेनाको टेलिग्राम खातामा गरिएको पोष्टका अनुसार ओडेसा, किभ, सुमी र चर्कासी जस्ता क्षेत्रमा ड्रोन खसालिएको छ ।

युक्रेनी सेनाले पनि रुसी आक्रमणमा उत्तर कोरियाका चारवटा मिसाइल प्रयोग भएको दाबी गरेको छ । यद्यपि बीबीसीले यस जानकारीको पुष्टि गर्दैन।

युक्रेनी सेनाले आक्रमणमा प्रयोग गरिएका चारवटा क्षेप्यास्त्रको के गरियो भन्ने पनि बताएको छैन।

यसअघि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले कीभको पूर्वी भागमा राति भएको आक्रमणमा दुई जनाको मृत्यु भएको बताएका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *