सौगातपछि ‘जन्ते बाख्रो’मा भित्रिए आशिफ शाह

डिसी नेपाल
३० साउन २०८१ १०:०८
32
Shares

काठमाडाैं। सिमोस सुनुवारको निर्देशनमा निर्माण हुने सिनेमा ‘जन्ते बाख्रो’मा अभिनेता आशिफ शाह अनुबन्धित भएका छन्। यसअघि नै सिनेमाको मुख्य भुमिकामा अभिनेता सौगात मल्ल अनुबन्धित भैसकेका छन्। सिनेमामा आशिफको पनि मुख्य भूमिका नै रहने छ।

निर्देशक सिमोस सुनुवार हिमालय टेलिभिजनबाट प्रसारण हुने रियालिटी शो रोडिजमा व्यस्त भएसँगै सिनेमाको छायांकन तिहार पश्चात गर्ने तयारी निर्माण कम्पनिको छ। सिनेमाको मुख्य अभिनेत्रीलगायतका केही कलाकारका लागि अडिसन आव्हान गरिएको छ। जसको छनोट काम केही दिनमा सुरु हुने निर्देशक सिमोसले बताए। सिनेमाको अडिसनमा सहभागी हुन देशभरबाट करिब ४ सय बढिले आवेदन दिएका छन्।

सिनेमाको कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजले लेखेका हुन्। कमेडी कथावस्तुमा सिनेमा ‘जन्ते बाख्रो’ निर्माण हुन लागेको शीर्षकले बुझाउँछ। बेहुली भित्र्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो भन्ने चलन छ। सिनेमाको कथावस्तु यसैको वरिपरि आधारित रहने बुझ्न सकिन्छ।

मुईन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने सिनेमामा सन्तोष गौतम र निर्देशक सिमोस सुनुवारको लगानी रहनेछ । सिनेमाको छायांकन हरि हुँमागाईले गर्नेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *