अमेरिकी सैनिकले चीनलाई गोप्य सूचना बेचेको स्वीकार गरे
काठमाडौं । अमेरिकी सेनाका एक सदस्यले चीनलाई गोप्य दस्तावेज बेचेको आरोप स्वीकार गरेका छन् । अमेरिकी कानून मन्त्रालय (न्याय विभाग) ले यो जानकारी दिएको हो।
अभियुक्त सैनिक अमेरिकी सेनामा विश्लेषकको रूपमा काम गरिरहेका थिए।
एफबीआई र अमेरिकी सेनाको गुप्तचर निकायले गरेको अनुसन्धानपछि सेनाका सर्जेन्ट कोर्बिन शुल्ट्जलाई मार्चमा पक्राउ गरिएको थियो।
उनीमाथि ४२ हजार अमेरिकी डलर अर्थात् करिब ५० लाख रुपैयाँमा धेरै संवेदनशील र गोप्य सूचना बेचेको आरोप छ ।
यो सम्पूर्ण षड्यन्त्र जुन २०२२ मा सुरु भएको अधिकारीहरूले बताएका छन् । सार्जेन्ट कोर्बिन शुल्ट्जलाई जनवरी २०२५ मा सजाय सुनाइनेछ।
अदालतका कागजातहरूका अनुसार, सार्जेन्ट कोर्बिन शुल्ट्जसँग गोप्य सूचनाहरू पहुँच गर्न सुरक्षा क्लियरेन्स थियो। उनले हङकङमा बस्ने एक व्यक्तिसँग मिलेर यो सूचना चोर्ने षड्यन्त्र गरे।
अदालतको अभिलेख अनुसार हङकङमा बस्ने एक व्यक्तिले शुल्ट्जलाई मिसाइल रक्षा र मोबाइल आर्टिलरी प्रणालीसँग सम्बन्धित जानकारी सङ्कलन गर्न आग्रह गरेका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment