फिल्म ‘रावायण’ को विदेश प्रदर्शन अधिकार बिक्री सुरू
काठमाडौं। आगामी भदौ २१ गते रिलिज हुने फिल्म ‘रावायण’ को विदेश प्रदर्शन अधिकार बिक्री सुरू भएको छ । यही क्रममा फिल्मको मध्यपूर्व र मलेशिया अधिकार महंगो मूल्यमा बिक्री भएको छ।
निर्माण पक्षका अनुसार साथीभाइ इन्टरटेनमेन्टले मध्यपूर्व र मलेशिया अधिकार किनेको हो । निर्माण पक्षले कति मूल्यमा फिल्म बिक्री भएको हो भन्ने खुलाएको छैन। पछिल्लोपटक सार्वजनिक फिल्मको शीर्ष गीतले फिल्मीवृत्तमा राम्रो हाइप बनाएको छ। फिल्मको पोस्टर, टिजरले पनि दर्शकमाझ कौतुहलता जगाएकोले महंगो रकममा फिल्म किनेको साथीभाइ इन्टरटेनमेन्टले जनाएको छ।
सुदर्शन थापा प्रोडक्शन र पूजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बनेको फिल्मकी निर्माता पूजा शर्मा हुन्। फिल्ममा सुशन पाठक कार्यकारी निर्माता छन्।
फिल्ममा पल शाह, पूजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल, कैलाश रावल, अनिल कुर्मी, रजिता पराजुली, निमा पाण्डे, विशाल पहारी, सुशान्तकुमार श्रेष्ठ, योगेश भण्डारी, प्रेरणा गिरी र सुहान श्रेष्ठको अभिनय छ।
फिल्ममा सुदर्शन थापाको कथा, शिवम अधिकारीको लेखन, प्रदीप श्रीवास्तव र राज गौरवको ओरिजिनल हिन्दी स्क्रिप्ट, सौरभ लामाको छायांकन, मिलन श्रेष्ठको सम्पादन, प्रमोद श्रीनिवासनको साउण्ड डिजाइन, निरज सिंह, रेवन आरती सिंहको संगीत, नकासा अजिज, कुनाल गान्जावाला, सोनु कक्करको स्वर, डा. कृष्णहरि बराल र प्रदीप श्रीवास्तवको शब्द, रेवन आरती सिंहको ओरिजिनल ब्याकग्राउण्ड स्कोर, उमेश चौधरीको आर्ट डिरेक्सन, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन, समीर मियाँको भीएफएक्स, राजेन्द्र मोक्तानको कलर, विजय बस्यालको पोस्टर डिजाइन, नविन पुरीको प्रोडक्सन डिजाइन छ।
फिल्मको वितरण आरआर फिल्मसले गर्नेछ भने डिजिटल पार्टनरको रुपमा ओएसआर डिजीटल रहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment