सौरहामा पर्यटकलाई आकर्षित गर्न छतिया स्ट्रिट निर्माण (फोटो/ भिडियाे)

डिसी नेपाल
२ भदौ २०८१ १३:२०
56
Shares

काठमाडौं। पर्यटक गन्तब्यको रुपमा रहेको चितवनको सौरहामा पर्यटकहरुलाई आकर्षित गर्न छतिया स्ट्रिट निर्माण गरिएको छ।

थारु समुदायको मुख्य बसोबास रहेको सौरहामा थारु समुदायको मौलिकता झल्कने खालका छतिया राखेर करीब ४५ मिटर लामो छतिया स्ट्रिट निर्माण गरेको हो।

सौरहा थारु समुदायको बाहुल्य रहेको बस्ती हो । अहिले सो क्षेत्रमा बिभिन्न समुदायका ब्यक्तीहरुले होटलहरु खोल्दै गए पछी सौरहाका थारु समुदायको अस्तित्व नै हराउँदै गएको छ। सौरहामा थारु समुदायको मात्र १ सय २ घर रहेका छन् । सौरहामा अहिले ४५ मिटर लामो बागमति प्रदेश सरकारको सहयोगमा छतिया स्ट्रिट निर्माण गरिएको रत्ननगर नगर पालिका वडा नम्बर ६ का वडा सदस्य बिरेन्द्र महतोले बताए।

उक्त स्ट्रिट बागमती प्रदेश सरकारको ३० लाख र वडा कार्यलयबाट ३ लाखको लागतमा छतिया स्ट्रिट निर्माण गरीएको उनले जानकारी दिए। छतिया थारु समुदायले खेतमा काम गर्दा घाम पानी बाट बच्न ओढ्ने बास र भर्लाको पात वाट बनेको ठुलो टोपी हो।

उक्त स्ट्रिटमा पर्यटकलाई आकर्षीत गर्न साझ पख थारु समुदायको खानाका परिकारहरु थारु समुदायले बनाएका ह्याण्डी क्राफ्टहरु बिक्री बितरणको लागि राखिने महतोले बताए।

स्ट्रिटमा हप्ता २ दिन थारु समुदायको मौलिक सांस्कृतिक नाच झाम्टा र लाठी नाच प्रस्तुत गर्ने योजना रहेको बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *