स्टारकास्टसहित वर्कसपमा व्यस्त चलचित्र ‘एक्लो’
काठमाडाैं। प्रदीप शाहीको निर्देशनमा बन्न लागेको चलचित्र ‘एक्लो’ यति बेला वर्कसपमा व्यस्त बनेको छ। निर्देशक बेलायतबाट नेपाल आएसँगै चलचित्रको वर्कसपमा सिङ्गो निर्माण टिम जुटेको हो।
भदौको अन्तिम साताबाट छायांकनमा निस्कने तयारीका साथ चलचित्र वर्कसपमा व्यस्त बनेको हो।
वर्कसपमा अभिनेता प्रदीप खड्का, विजय लामा, सुनिल थापा, दिनेश डिसी र सुरज सिंह ठकुरी एवनराज उप्रेती, अभिनेत्री बेनिशा हमाल, कविता नेपाली, दीया पुन आदी सहभागी रहेका छन्।
नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने उद्देश्यका साथ ‘एक्लो’ निर्माण गर्न लागिएको निर्देशक शाही बताउँदै आएका छन्। बेलायतमा फिल्म मेकिङ पढेका ‘एक्लो’ निर्देशक शाहीले यसअघि केही सर्ट फिल्म र सिरिजमा समेत काम गरिसकेका छन्।
निर्देशक साहीले यसअघि उनले ‘गोर्खाः विनिथ द ब्रेभरी’ र ‘अन्तिम संस्कार’ निर्देशन गरिसकेका छन्। साही प्रोडक्सन नेपालको ब्यानरमा निर्माण हुने चलचित्रमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहेको छ भने।
No ads found for this position

डिसी नेपाल
Facebook Comment