बेलारुसले युक्रेनसँगको सीमामा आफ्ना एक तिहाइ सेना तैनाथ गर्‍यो

डिसी नेपाल
३ भदौ २०८१ १०:५७
152
Shares

काठमाडौं । युक्रेनी सेनाको आक्रामकतालाई ध्यानमा राख्दै बेलारुसले युक्रेनसँगको सीमामा आफ्ना एक तिहाइ सेना तैनाथ गरेको छ ।

बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले युक्रेनसँगको सीमामा करिब एक तिहाइ सशस्त्र सेना तैनाथ गरिएको बताएका छन्।

एक टेलिभिजन अन्तर्वार्तामा, लुकासेन्कोले बेलारुसको यो कदम युक्रेनी सेनाले निम्त्याउने कुनै पनि खतराबाट देशको रक्षा गर्ने उद्देश्य रहेको बताए।

बेलारुसका राष्ट्रपतिले बेलारुस र युक्रेनी सीमामा एक लाखभन्दा बढी युक्रेनी सैनिक रहेको बताएका छन् । युक्रेनले आफ्नो सिमाना नजिक आफ्नो सेना राखेको छ।

युक्रेनी सैनिकको आक्रामकतालाई ध्यानमा राख्दै बेलारूसी सैनिकलाई केही स्थानमा तैनाथ गरिएको उनले बताए ।

लुकासेन्कोले युद्धको अवस्थामा हाम्रा सेनाले हाम्रो सिमानाको रक्षा गर्ने बताएका छन् ।

बेलारुसका राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्कोलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको नजिक मानिन्छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *