ट्रम्पको चुनावी अभियान इरानले ह्याक गरेको पुष्टि
काठमाडौँ । अमेरिकी गुप्तचर अधिकारीहरूले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियान ह्याक गर्नुको पछाडि इरानको हात रहेको दाबी गरेका छन् ।
अमेरिकी गुप्तचर एजेन्सी एफबीआई र अन्य अनुसन्धान एजेन्सीहरूले यसको पुष्टि गर्दै बयान जारी गरेका छन् ।
ुइरानले सामाजिक ईन्जिनियरिङ् र दुवै राजनीतिक दलको राष्ट्रपति अभियानमा संलग्न अन्य प्रयासहरू मार्फत यो गर्ने प्रयास गरेको छ,ु विज्ञप्तिमा भनिएको छ।
यस अघि ट्रम्पको चुनावी अभियानले इरानी ह्याकरहरूले यसको आन्तरिक संचार ह्याक गरेको बताएको थियो । यद्यपि ट्रम्पको अभियानको यो दाबीलाई इरानी अधिकारीहरूले अस्वीकार गरेका छन् ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment