हरि गिरीको शब्द संगीतमा सिता केसीको ‘पिँजडा’

डिसी नेपाल
७ भदौ २०८१ १०:४४
20
Shares

काठमाडौं। तीज पर्वलाई लक्षित गर्दै बजारमा गीतहरु आउने क्रम तीब्र गतिमा छ। सांस्कृतिक पर्वलाई रमाइलो बनाएर मनाउने यो चाडमा छोरी चेलीको वर्षभरिका वेदनालाई गीतमार्फत् उतारेर व्यक्त गरिने परम्परा रहेको छ।

सांस्कृतिक चाडलाई विशेष बनाउनका लागि गायिका सीता केसीको तीज गीत ‘पिँजडा’ सार्वजनिक भएको छ। पराइघर गएकी चेलीको दर्दानक पीडाहरुलाई समेटिएका कथालाई प्रस्तुत गरिएको तीज गीत हो ‘पिँजडा’।

हरि गिरी विमर्शीको शब्द तथा संगीतमा रहेको गीत ‘पिँजडा’मा गायिका सीता केसी र गायक हरि गिरी विमर्शीको स्वर रहेको छ । गीतको संगीत संयोजन मदन केसीको रहेको छ । मालश्री डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्डको भएको गीतको मिक्सिङ खडक बाजुरालीको रहेको छ भने सागर बाजुरालीले रेकर्ड गरेका हुन् ।

‘पिँजडा’को म्यूजिक भिडियोमा स्मारिका ढकाल र राजन केसीले अभिनय गरेका छन् । अजय रेग्मीको छायाँकन रहेको ‘पिँजडा’को भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका छन् ।

मदन खड्काको निर्देशन रहेको यो भिडियोलाई हरि गिरी विमर्शीको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो । गायिका सीता केसीको अघिल्लो वर्ष पनि हेर त साइली ऐनामा, टिकुली खै, सैं नाच्यो लगायतका दर्जन तीज गीतहरु सार्वजनिक भइसकेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *