तीन सय करोड क्लबमा पुग्यो स्त्री-२

डिसी नेपाल
७ भदौ २०८१ १३:२२
48
Shares

काठमाडौं। बलिवुड फिल्म स्त्री-२ ले भारतीय बक्स अफिसमा शानदार कमाई गरिरहेको छ। फिल्मले रिलिजको आठौ दिन विहिबार मात्र १८ करोड २० लाख कमाई गरेको छ।

फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले अहिलेसम्म ३०७ करोड ८० लाख कमाई गरिसकेको छ। योसँगै फिल्म रिलिजको आठौं दिन तीन सय करोड क्लबमा पुगेको छ।

यसअघि फिल्म जवान छैटौं दिन, पठान र एनिमल सातौँ दिन तीन करोड क्लबमा पुगेका थिए भने गदर-२ पनि आठौ दिनमा तीन सय करोड क्लबमा पुगेको थियो।

फिल्मले रिलिजको पहिलो दिन विहीबार ५५ करोड ४० लाख कमाई गरेको थियो। त्यस्तै फिल्मले बुधबार पेड रिभ्यु र प्रिमियरबाट ९.४० करोड कमाई गरेको थियो।

त्यस्तै फिल्मले शुक्रबार ३५.३० करोड, शनिबार ४५ करोड ७० लाख, आइतबार ५८ करोड २० लाख, सोमबार ३८ करोड ९० लाख, मंगलबार २६ करोड ८० लाख र बुधबार २० करोड ४० लाख कमाएको थियो।

करिब ५० करोडको लागतमा बनेको यो फिल्मले पहिलो दिनमा नै आफ्नो लागत उठाएको छ । यसअघि बनेको स्त्रीले आफ्नो पहिलो सातामा ६० करोड ३९ लाख कमाई गरेको थियो, जबकी स्त्री-२ ले पहिलो दिनमा नै सो अंकलाई पछाडि पारेको थियो।

अमर कौशिकले निर्देशन गरेको स्त्री-२ मा श्रद्धा कपूर, राजकुमार राव, पंकज त्रिपाठी, अभिषेक बेनर्जीलगायतको अभिनय रहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *