फ्रान्सेली प्रहरीले टेलिग्रामका मालिकलाई किन पक्राउ गर्‍यो

डिसी नेपाल
१० भदौ २०८१ १३:२१
40
Shares

काठमाडौं । मेसेजिङ एप टेलिग्रामका प्रमुख कार्यकारी पाभेल दुरोभलाई फ्रान्सेली प्रहरीले पक्राउ गरेको छ ।

फ्रान्सेली सञ्चारमाध्यमका अनुसार पावेल दुरोभ आफ्नो निजी जेटमा पेरिसको ले बोर्गे एयरपोर्ट पुगेका थिए, जहाँबाट प्रहरीले उनलाई पक्राउ गरेको थियो।

फ्रान्सेली प्रहरी अधिकारीहरुका अनुसार ३९ वर्षीय दुरोभलाई म्यासेजिङ एपसँग सम्बन्धित अपराधमा वारेन्ट अन्तर्गत पक्राउ गरिएको हो ।

रुसको सरकारी समाचार एजेन्सी टासले फ्रान्समा रहेको रुसी दूतावासले पनि स्थिति सम्हाल्न तत्काल कदम चालिरहेको जनाएको छ।

टेलिग्राम एप रुस, युक्रेन र यस क्षेत्रका देशहरूमा धेरै लोकप्रिय छ। तर, रुसले सन् २०१८ मा प्रयोगकर्ताको डाटा हस्तान्तरण गर्न अस्वीकार गरेकोमा यो एपमाथि प्रतिबन्ध लगाएको थियो । तर त्यसपछि २०२१ मा प्रतिबन्ध हटाइयो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *