बेलायतले युरोपेली संघसँग सम्बन्ध सुधारको प्रयास गर्दै

डिसी नेपाल
१४ भदौ २०८१ १३:०४

काठमाडौं । बेलायती प्रधानमन्त्री केयर स्टारमर जर्मनीका चान्सलर ओलाफ स्कोल्ट्जलाई भेट्न बुन्डेसकान्जलेरमट पुगेका छन् , जहाँ शोल्ट्जले उनलाई स्वागत गरे।

मिलिटरी ब्यान्डले स्टारमरलाई ‘गड सेभ द किंग’ गीत गाएर स्वागत गरेको थियो। ब्रेक्जिटपछि यो बैठक बेलायत र युरोपेली संघबीचको सम्बन्धका लागि महत्वपूर्ण मानिएको छ ।

स्टारमर मंगलबार राति बर्लिन पुगेका थिए। स्टारमरको कार्यकालको दुई महिनाभन्दा कम अवधिमा जर्मन चान्सलरसँगको यो पाँचौं भेट हो।

डाउनिङ स्ट्रिट (ब्रिटिश प्रधानमन्त्रीको निवास) ले यो केयर स्टारमरको युरोपसँगको बेलायतको सम्बन्धलाई “रिसेट” गर्ने प्रयासको प्रमाण हो भनेको छ।

“हामीसँग युरोपसँगको हाम्रो सम्बन्धलाई पुन: स्थापित गर्ने र बेलायती जनताका लागि वास्तविक, महत्वाकांक्षी साझेदारीको लागि प्रयास गर्ने एउटा पुस्ताको अवसर छ,” स्टारमरले भने।

“हामीले अघिल्लो सरकारले छोडेको सम्बन्धलाई सुधार गर्नुपर्छ।”

यस भेटमा दुई देशका नेताहरूले युक्रेनलाई बढ्दो सहयोग, रक्षा र सुरक्षा सहयोग र गैरकानुनी आप्रवासन विरुद्ध संयुक्त कारबाहीका बारेमा छलफल गर्ने अपेक्षा गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *