जापानिज इन्सेफलाइटिसको संक्रमणबाट घोडाघोडीका दुई जनाको मृत्यु

डिसी नेपाल
१८ भदौ २०८१ २०:१६
44
Shares

घोडाघोडी (कैलाली)। जापानिज इन्सेफलाइटिसको संक्रमणबाट कैलालीमा दुई जनाको मृत्यु भएको छ। संक्रमणबाट घोडाघोडी नगरपालिकाका दुई जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख गौरी जोशीले जानकारी दिएका छन्।

जोशीकानुसार घोडाघोडी नगरपालिका–५का ९ वर्षीय बालकको भदौ ७ र वडा नं ६ का ६० वर्षीय पुरूषको भदौ ३ गते मृत्यु भएको हो। गौरीगंगा, गोदावरी र धनगढी उपमहानगरपालिकामा गरी थप चार जनामा संक्रमण पुष्टि भएको जोशीले बताए।

गौरीगंगामा छ वर्षीय बालक र ६५ वर्षीय पुरुष, गोदावरीमा ४६ वर्षीय एक महिला र धनगढीमा पाँचमहिने बालकमा सङ्क्रमण पुष्टि हो। गोदावरीका एक जना भने उपचारपछि घर फर्किसकेका छन्। अन्य सङ्क्रमितको उपचार भइरहेको छ। पोथी जातको क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट जापानिज इन्सेफलाइटिस रोग सर्ने गरेको चिकित्सकले बताउने गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *