अवरुद्ध कान्तिलोकपथ खुल्यो
मकवानपुर। वर्षासँगै पहिरो खस्दा अवरुद्ध बनेको हेटौंडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सञ्चालनमा आएको छ। मकवानपुरको बकैया गाउँपालिका–११ लाम्राङमा पहिरो खस्दा सो सडकमा आवतजावत रोकिएको थियो।
उक्त स्थानमा खसेको पहिरो पन्छाइ यातायात सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।
हेटौंडाबाट संघयि राजधानी काठमाडौं जोड्ने त्रिभुवन राजपथ, भीमफेदी–कुलेखानी–फाखेल, सिस्नेरी सडकखण्ड, पूर्वपश्चिम राजमार्ग सबैतिरको बाटोमा यातायात सञ्चालन भइरहेको उन्ले जनाए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment