आइतबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह

डिसी नेपाल
२२ भदौ २०८१ २२:३६
16
Shares

जुम्ला। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह आइतबार हुने भएको छ।

समारोहका लागि सम्पूर्ण तयारी पूरा भएको प्रतिष्ठानले जनाएको छ । स्थापनाको १३ वर्षपछि पहिलोपटक दीक्षान्त समारोह हुन लागेको प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावलले जानकारी दिए। प्रतिष्ठानमा स्नातक र स्नातकोत्तर तहका गरी कुल ५६ जना विद्यार्थी दीक्षित हुन लागेको उनले बताए।

प्रतिष्ठानबाट हालसम्म जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयका स्नातक र स्नातकोत्तर तहका कुल ५६ विद्यार्थी उत्तीर्ण भएका छन्।

दीक्षान्त समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल पनि यहाँ आउने कार्यक्रम रहेको जनाइएको छ। आइतबार नै प्रतिष्ठानको नवनिर्मित अत्याधुनिक शैक्षिक भवन (एकेडेमिक बिल्डिङ) र तिलगंगा आँखा अस्पतालको सहयोगमा सञ्चालनमा आउन लागेको प्रतिष्ठानको आँखा केन्द्रको प्रधानमन्त्री ओलीबाट उद्घाटन हुने कार्यक्रम तय भएको प्रतिष्ठानका उपकुलपति डा रावलले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *