नेप्सेमा दोहोरो अंकको गिरावट, ७ अर्बको कारोबार

डिसी नेपाल
२५ भदौ २०८१ १५:२०
252
Shares

काठमाडौं। नेप्सेमा आज १३ अंकको गिरावट आएको छ । मंगलबार नेप्सेमा १३.०९ अंकको गिरावट आउँदा ओरालो २६३२.९४ विन्दुमा रोकिएको छ।

आज ३२८ कम्पनिको कारोबार हुदा एक करोड ९० लाख ७७ हजार ५८३ कित्ता शेयर ७ अर्ब २४ करोड ५५ लाख ६८ हजार ४२१ को खरिद बिक्री भएको छ।

नेप्सेका अनुसार आज मानुषी लघुवित्तको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, आज सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किमको मुल्य सबैभन्दा बढी ८.८२ प्रतिशतले घटेको छ।

आज सबैभन्दा बढी हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्टको सबै भन्दा बढी २९ करोड ८१ लाख ५४ हजार ७७ बराबरको शेयर कारोबार भएको छ।  त्यस्तै, हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्टको नै सबैभन्दा बढी १६ लाख ६४ हजार ८५ कित्ता शेयर कारोबार भएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *