मिस युनिभर्स नेपाल- २०२४ को उपाधि सम्पदा घिमिरेलाई

डिसी नेपाल
२७ भदौ २०८१ १६:५९
948
Shares

काठमाडौं। ग्लोबल ग्ल्यामर भेन्चरद्वारा आयोजित ‘मिस युनिभर्स नेपाल २०२४’ को ताज सम्पदा घिमिरेले जितेकी छिन् । यो विश्व प्रतिष्ठित सौन्दर्य प्रतियोगितामिस युनिभर्सको पाचौं नेपाली संस्करण हो । २२ प्रतियोगीलाई पछि पार्दै उनले उपाधि चुमेकी हुन् ।

अमेरिकी कम्पनीक ालागि डिजिटल मार्केटिङको काम पनि गर्दै आएकी सम्पदा मोडलिङ पनि गर्दै आएकी छन्। ठूला सपना देख्न र मेहनत गर्ने कुरामा विश्वास गर्ने उनी पशु प्रेमी र वन्यजन्तु संरक्षणको लागि वकालत गर्छिन् । उनले आगामी नोभेम्बरमा मेक्सिकोमा आयोजना हुने ‘मिस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्ने छिन्।

हिजो साँझ ललितपुरको गोदावरी कन्भेन्सन सेन्टरमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा पहिलो रनरअप स्मृति सिंह, दोस्रो रनरअप अक्षिता क्षेत्री, तेस्रो रनरअप करेन मुर्रे र चौथो रनर अप सुजल बम भए।

प्रतियोगीतालाई नेसनल कोरियोग्राफर दिक्पाल कार्कीले कोरियोग्राफी गरेका थिए भने निर्णायक मण्डलमा गोल्डस्टारका कार्यकारी निर्देशक विदुषी राणा, शिवम सिमेन्टका अध्यक्ष गौरव गोयल र समिक्षा श्रद्धा सांघाइ, पुर्व मिस नेपाल इशानी श्रेष्ठ, पूर्व मिस युनिभर्स सोफिया भुजेल, अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, नेतृ डिना उपाध्यायको सहभागिता रहेको थियो।

कार्यक्रममा अरु विभिन्न उपशीर्षकमा विजेता पनि छानिएको थियो। करेन मुर्रेले हिल्टन मिस एलिगेन्स, स्मृति सिंहले टिभिएस् मिस स्मार्ट, समृद्धि केसीले वाउ मिस फ्री एण्ड फियरलेस, श्रेयङ्का थापाले ग्लोबल आएमई मिस इको फ्रेन्ड्ली, करेन मुर्रेले डिकस्मो मिस द मोस्ट ब्युटिफुल स्किन,  स्मृति सिंहले एक्स एज मिस फोटोजेनिक, अस्मि ढकालले मिस मल्टीमिडिया र रेनाता कट्टेलले मिस फ्रेन्ड्ली उपाधि जित्न सफल भएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *