एन्फा महिला लिगमा आर्मी र एपिएफ विजयी

डिसी नेपाल
२७ भदौ २०८१ १८:०९
56
Shares

काठमाडौं। राजधानीमा जारी एन्फा महिला लिगमा विभागीय टोली त्रिभुवन आर्मी विजयी भएको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको पहिलो खेलमा आर्मीले बागमती युथ क्लबलाई ३–० ले पराजित गरेको हो। आर्मीका लागि विमला चौधरीले २५औं मिनेटमा पहिलो गोल गरेकी थिइन्। त्यस्तै खेलका ६१औं मिनेटमा अमिषा कार्कीले आर्मीका तर्फबाट अर्को गोल गरिन् भने ९०औं मिनेटमा आर्मीले अर्को गोल थपेको थियो।

त्यस्तै बिहीबार नै भएको अर्को खेलमा एपिएफ क्लवले वालिङ नगरपालीकालाई पराजित गरेको छ। एपिएफले वालिङलाई २–१ गोल अन्तरले पराजित गरेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *