नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त अभ्यास हुने
फाइल फाेटाे
काठमाडौं। नेपाली सेना र संयुक्त राज्य अमेरिकी सेनाबीच संयुक्त अभ्यास हुने भएको छ।
भदै ३० गतेदेखि असोज ४ गतेसम्म विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्न नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त अभ्यास हुने नेपाली सेनाले जानकारी दिएको छ।
अभ्यासमा विभिन्न प्रकारका विपद्को दौरान सञ्चालन गरिने खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन अपनाउनु पर्ने विद्यमान विधि तथा प्रक्रियाहरूका सम्बन्धमा ज्ञान आदान प्रदान हुनेछ।
काठमाडौं, मकवानपुर र धादिङ जिल्लाहरूमा सो सम्बन्धी विभिन्न अभ्यासहरु सञ्चालन हुने नेपाली सेनाले जानकारी दिएको छ। सन् २०१२ बाट सुरु भएको संयुक्त अभ्यासको यो चौथो संस्करण हो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment