एनपीएलका आठ मार्की खेलाडी कुन फ्रेन्चाईजीमा छानिए ?
काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपिएल) का आठ मार्की खेलाडीको फ्रेन्चाईजी चयनको लक्की ड्र सम्पन्न भएको छ।
जस अनुसार मार्की खेलाडी करण केसी काठमाडौं फ्रेन्चाईजीबाट खेल्ने भएका छन्। त्यस्तै कुशल भुर्तेल पोखरा फ्रेन्चाईजीबाट खेल्ने भएका छन्। त्यसैगरी कुशल मल्ल चितवनबाट खेल्ने भएका छन् भने सन्दीप लामिछाने विराटनगर फ्रेन्चाईजीबाट खेल्ने भएका छन्।
त्यस्तै रोहित पौडेल लुम्बिनीबाट खेल्ने भएका छन् भने आसिफ सेख जनकपुर टिमबाट खेल्ने भएका छन्। त्यस्तै सोमपाल कामी कर्णालीबाट र मार्की खेलाडी दिपेन्द्र सिंह ऐरी सुदूरपश्चिम फ्रेन्चाईजीबाट खेल्ने भएका छन्।
क्यानले एक कार्यक्रमको आयोजना गरेर लक्की ड्र कार्यक्रम मार्फत मार्की खेलाडी कुन फ्रेन्चाइजीबाट खेल्छन् भन्ने टुंगो लगाएको हो।
मार्की खेलाडी तीन वर्षका लागि फ्रेन्चाईजीमा रहने तर हरेक सिजनको अन्त्यपछि रिलिज गर्न चाहेमा रिलिज गर्न सक्ने क्यानले बताएको छ। एनपीएल आगामी मंसिर १५ देखि पुष ६ गतेसम्म हुने तालिका छ।
Facebook Comment