भोटेकोशीमा खसेको गाडीबाट बेपत्ता महिलाको शव भेटियो, चालक अझै बेपत्ता

डिसी नेपाल
२९ भदौ २०८१ २१:०४
140
Shares

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको भोटेकोशी नदीमा खसेको बोलेरो गाडीमा सवार एक महिलाको शव भेटिएको छ।

प्रहरीका अनुसार शनिबार घटनास्थलबाट करिब १५ किलोमिटर दक्षिण त्रिपुरासुन्दरी गाउँपालिका–६ ड्यामसाईडस्थित सुनकोशी नदीको किनारमा रहेको ढुंगाको कापमा शव फेला परेको हो।

सिन्धुपाल्चोक प्रहरीका अनुसार गाडीमा सवार सुन्तली तामाङको शव फेला परेको हो। उनका ससुरा धनबहादुर तामाङले शवको सनाखत गरेका हुन्। उक्त बोलेरोका चालक भने अझै फेला परेका छैनन्। सिन्धुपाल्चोकस्थित बाह्रबिसे–तातोपानी सडकअन्तर्गत छ्याक्सानजिकै भोटेकोसी नदीबाट शुक्रबार क्रेनको सहयोगमा गाडी निकालिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *