कलाकार दिपेन्द्र सोनामको पर्खाइ सार्बजनिक

डिसी नेपाल
३० भदौ २०८१ १२:३५
32
Shares

काठमाडाैं। मोडल कलाकार दीपेन्द्र सोनामको आफ्नै शब्द संगीत तथा आवाजमा पर्खाइ गीतको भिडियो सार्वजनिक भएको छ। गीतमा शब्द संगीत स्वर मोडल दीपेन्द्र सोनामकै रहेको छ भने गीतलाई आशिषलामाले संगीत संयोजन गरेका छन्।

गीतलाई मिक्सिङ मास्टरिङ नरेश बि.बि.सी.ले गरेका हुन्। गीतलाई ए प्लस स्टुडियोमा रेकर्ड गरिएको हो। आर्थिक समस्याको कारणले, श्रीमतीले आफ्नो श्रीमान् र बच्चालाई छोडेर बिदेशिनुको पीडा र बिदेशिएकि श्रीमती बर्षौं हुँदा पनि नफर्किंदा श्रीमान् र बच्चालाई कति सम्मको पीडा हुँदो रहेछ भन्ने गीतको भिडियोमा देखाउन खोजिएको छ। पाना आर्टसले बजारमा ल्याएको भिडियोलाइ भवसागर युट्यूब च्यानलमा गएर हेर्न सकिन्छ।

भिडियोमा कलाकार जीवन भट्टराईको निर्देशन,लोकप्रिय कलाकार लक्ष्मी बर्देवाको कन्सेप्ट स्टोरी,उत्सव दाहाल टीमको छायाँकन,बिष्णु खड्काको सम्पादन रहेको छ। भिडियोमा दीपेन्द्र सोनाम, रिस्ता अधिकारी,नरेश लामिछाने र बालकलाकार आरुभ सोनामको मार्मिक अभिनय रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *