निगमले चाडपर्वमा नियमित उडान सञ्चालनबारे ६० दिने कार्ययोजना बनाउँदै

डिसी नेपाल
१ असोज २०८१ २०:५५
28
Shares

काठमाडौं। राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले नजिकिएको बडादसैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर आफ्ना विमानको निगमित उडान सञ्चालनबारे ६० दिने कार्ययोजना बनाउने भएको छ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले उडानलाई प्रभावकारी बनाएर यात्रुलाई सहज सेवा दिने उद्देश्यले २४ घण्टाभित्र ६० दिने कार्ययोजना पेसगरी तदारुकताकासाथ काम गर्न आज विभागीय प्रमुखलाई निर्देशन दिएका छन्।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमका नायब महाप्रबन्धक (प्राविधिक), इञ्जिनियरिङ मेन्टेनेन्स विभाग, कन्टिन्युइङ एयरवर्दिनेस विभाग, क्वालिटी एस्योरेन्स विभाग र बजार व्यवस्थापन विकागका ला विभागीय प्रमुखलाई विमान नियमित उडानको कार्ययोजना ल्याउन निर्देशन दिइएको हो।

यसैगरी अत्यावश्यक र अत्यन्त जरुरीबाहेक अन्तर्राष्ट्रिय तालिम तथा भ्रमणमा कोही नजान र मातहतका कर्मचारीलाई नपठाउन निर्देशन दिइएको छ। उक्त अवधिमा निगमका सबै विभागका इञ्चार्ज र प्रबन्धकदेखि माथिका जिम्मेवार कर्मचारीलाई कार्यालयको काममा बाध पर्नेगरी बिदा नलिन निर्देशन दिइएको निगमले विज्ञप्तिमा उल्लेख गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *