अमेरिकाकाे युएईमाथि १० विकेटको सहज जित

डिसी नेपाल
२ असोज २०८१ १८:१७
164
Shares

काठमाडौं। आइसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकाले युएईलाई पराजित गरेको छ। बुधबार सम्पन्न खेलमा अमेरिकाले युएईलाई १० विकेटले पराजित गरेको हो।

युएईले दिएको १०७ रनको लक्ष्य पछाएको अमेरिकाले १५.५ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो।

यस अघि पहिला टस हरेर पहिला ब्याटिंग गरेको युएईले ३१.२ ओभरमा अल आउट हुँदै १०६ रन मात्र बनाएको थियो।

यो जितपछि अमेरिकाले ६ खेलमा चौथो जित हासिल गरेको छ र ८ अंकसहित चौथो स्थानमा रहेको छ। त्यस्तै युएईले भने लगातार चौथो हार व्यहोरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *