रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन आगामी वैशाखमा हुने

डिसी नेपाल
२ असोज २०८१ २१:२५
28
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशन आगामी वैशाखमा गर्ने भएको छ।

सभापति रवि लामिछाने बुधबार सम्पन्न पहिलो राष्ट्रिय भेलामा आगामी वैशाख चौथो साता पहिलो राष्ट्रिय महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन्। राष्ट्रिय भेलामा सभापति लामिछानेले राजनीतिक प्रतिवेदन पेस गर्दै महाधिवेसनको मिति प्रस्ताव गरेका हुन्।

उनले वैशाख २५, २६ र २७ गते महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् भने उनले महाकाली मेची जनयात्रा अभियान चलाउने प्रस्ताव समेत राष्ट्रिय भेलामा राखेका हुन्।

राष्ट्रिय भेलामा मंगलबार प्रदेश स्तरीय प्रतिवेदन, आर्थिक प्रतिवेदन, अनुशासन आयोग, संसदीय अभ्यास लगायतका विषयमा प्रतिवेदन पेस भएका थिए। ती प्रतिवेदनमाथि आज छलफल गरि अनुमोदन गरिएको थियो। ती प्रतिवदेनहरुमा सामूहिक छलफलका लागि केही समय छुट्याइएको भए पनि पार्टी सभापतिले पेस गर्ने राजनीतिक प्रतिवेदनमाथि भने छलफलमै नलागेर पारित गरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *