अखिल (क्रान्तिकारी)को २३ औं राष्ट्रिय सम्मेलन १० दिनभित्र गर्ने माओवादीको निर्णय
काठमाडौं। नेकपा माओवादी केन्द्रले पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलन १० दिनभित्र गर्ने निर्णय गरेको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार बसेको माओवादी पदाधिकारी बैठकले पार्टी अध्यक्ष र महासचिवले संगठन इन्चार्ज र अध्यक्षसंग छलफल गरेर १० दिनभित्र राष्ट्रिय सम्मेलन गर्ने गरि मिति तय गर्ने निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।
यसअघि असोज २ बुधबारदेखि असोज ५ गतेसम्म काठमाडौमा तय भएको अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन अन्तिम समयमा आएर स्थगित भएको थियो।
प्रवक्ता सापकोटाले पार्टीलाई बलियो बनाउन जनवर्गिय संगठनहरुको भूमिका महत्वपूर्ण हुने भएकाले संगठनहरुलाई बलियो बनाउनुपर्ने निष्कर्ष निकालिएको जानकारी दिनुभयो ।
अहिलेको भू–राजनीतिक अवस्था थप जटिल हुँदै गएकाले पार्टीलाई एकतावद्ध ढंगले अघि बढाइने उनको भनाइ छ ।
अखिल क्रान्तिकारीले केहि प्रदेशको सम्मेलन हुन बाँकी रहेकाले तत्कालका लागि पूर्वनिर्धारित सम्मेलन स्थगित गरेको सुचना प्रकाशित गरेको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment