फिफा वरियतामा नेपाल एक स्थान तल झर्याे
फाइल फाेटाे
काठमाडौं। फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ। फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ स्थानमा झरेको हो। यसअघि नेपाल १७५औँ स्थानमा थियो।
दक्षिण एसियाको शीर्ष स्थानमा रहेको भारत दुई स्थान तल झर्दै १२६औँ स्थानमा पुगेको छ भने दोस्रो स्थानमा रहेको माल्दिभ्स १६३औँ स्थानमा छ। त्यसैगरी दुई स्थान तल झर्दै भुटान १८४औँ स्थानमा छ भने दुई स्थान तल झरेर बंगलादेश १८६औँ स्थानमा पुगेको छ। त्यसै गरि पाकिस्तान १९७औँ स्थानमा र पाँच स्थान सुधार गर्दै श्रीलंका २००औँ स्थानमा छ।
फिफा वरीयताको शीर्ष स्थानमा भने अर्जेन्टिना कायमै रहेको छ। फिफा वरियताको शिर्ष १० स्थानमा कुनै परिवर्तन भएको छैन। जसमा दोस्रोमा फ्रान्स, तेस्रोमा स्पेन, चौथोमा ईङल्याण्ड, पाँचौंमा ब्राजिल, छैटौंमा बेल्जियम, सातौंमा नेदरल्याण्डस, आठौमा पोर्चुगल, नवौंमा कोलोम्बिया र दशौँमा इटाली रहेका छन्। एसियाबाट जापानले २ स्थान सुधार गर्दै १६औं स्थानमा उक्लिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment