प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आह्वान
काठमाडौं। संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिश प्रकाशमान सिंह राउतविरुद्ध उजुरी दिन आह्वान गरेको छ।
शुक्रबार एक सूचना प्रकाशित गर्दै समितिले १० दिन भित्र कार्यालय समयमा उजुरी दिन आव्हान गरको हो।
समितिले उजुरीकर्ताले आफ्नो नाम र ठेगाना स्पष्ट खुलाउनुपर्ने र निजले गोप्य राख्न चाहेमा समितिले गोप्य राख्ने उल्लेख गरिएको छ।
राउतलाई संवैधानिक परिषदको भदौ ३१ को बैठकले नेपालको प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment