वेस्ट ह्याममाथि चेल्सीको शानदार जित

डिसी नेपाल
५ असोज २०८१ १९:५२
12
Shares

काठमाडौ। चेल्सीले इङलिश प्रिमियर लिग अन्तर्गत वेस्ट ह्याम युनाइटेडलाई पराजित गरेको छ।

शनिबार सम्पन्न खेलमा चेल्सीले वेस्ट ह्यामलाई ३–० गोल अन्तरले पराजित गरेको हो।

चेल्सीको जितमा निकोलस ज्याक्सनले दुई गोल गरेका थिए भने उनले एक गोल असिस्ट पनि गरेका थिए। त्यस्तै कोल पाल्मरले एक गोल गरेका थिए।

यो यस सिजनमा चेल्सीको यो तेस्रो जित हो। चेल्सीको यो खेलपछि ५ खेलमा १० अंक भएको छ। त्यस्तै वेस्ट ह्यामको भने यो यस सिजनमा तेस्रो हार हो। वेस्ट ह्यामको ५ खेलमा ४ अंकल रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *