इङ्ल्याण्डविरुद्ध अस्ट्रेलियाको लगातार दोस्रो जित

डिसी नेपाल
६ असोज २०८१ ८:२६
60
Shares

काठमाडौं। अस्ट्रेलियाले इङल्याण्डविरुद्धको एकदिवसीय सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ। गएराति सम्पन्न खेलमा अस्ट्रेलियाले इङ्ल्याण्डलाई ६८ रनले पराजित गरेको हो।

अस्ट्रेलियाले दिएको २७१ रनको लक्ष्य पछाएको इङल्याण्डले ४०.२ ओभरमा अल आउट हुँदै २०२ रन मात्र बनाएको थियो। यसअघि टस हारेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले ४४.४ ओभरमा अल आउट हुदै २७० रन बनाएको थियो। अस्ट्रेलियाले यस अघि पहिलो खेल ७ विकेटले जितेको थियो।

यो जितपछि अस्ट्रेलियाले ५ खेलको सिरिज २-० ले जितेको छ। अब सिरिजको तेस्रो खेल मंगलबार हुने छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *