बद्री पंगेनीको सहकार्यमा कस्तुपले ल्याए लोकदोहोरी गीत ‘मगमग बासना’
काठमाडौंं। गायक बद्री पंगेनी र गायिका रचना रिमालको स्वर रहेको नयाँ लोकदोहोरी गीत ‘मगमग बासना’ सार्वजनिक गरिएको छ।
लोकप्रिय श्रर्जक, संगीतकार तथा गायक कस्तुप पन्तको शब्द तथा संगीत रहेको रोमान्टिक शैलीको गीतमान शब्द निकै मिठासपूर्ण छन्। गायक बद्री र रचनाको स्वरमा गीत कर्णप्रिय बानेको छ। गीतमा माया प्रेमबाटै अन्तयात्रा हुनसक्ने चर्चा गरिएको छ। गीतका शब्द सरल र मिठासपुर्ण छन्।
लोक तथा आधुनिक गीतसंगीतमा एउटा अलग्गै उचाही बनाउन सफल सर्जक पन्तको यो गीतले पछिल्लो समय लोकगीतसंगीतमा देखिएको मौलिक खडेरी टारेको छ। गीतको एरेन्ज एचबिएन किस्मतले गरेका हुन्।
गीतको भिडियो पनि उत्कृष्ट बनेको छ। भिडियोमा अभिनेता पल शाह र टिकटक क्वीन जुना विश्वकर्माको अभिनय छ। प्रशान्त मगरको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा दिनेश पराजुलीको छायांकन र दीपक बिष्टको सम्पादन छ। गीत सर्जक कस्तुपकै अफिसियल युट्युब च्यानल कस्तुप पन्त युट्युबबाट सार्वजनिक गरिएको छ।

गीत सबै बर्गमा मानिसको रुचिमा ध्यानमा राखेर निर्माण गरिएको सर्जक पन्तले बताए। उनले गीतसंगीत श्रोता तथा दर्शकले रुचाउने विस्वास गरेका छन्। सार्वजनिक भए देखिनै गीतले युट्युबमा सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
कस्तुप पन्तको शब्द संगीतमा रहेको गीत ‘मगमग बासना’ मेरो आफ्नो शैलीको निरन्तरता भएको गायक बद्री पंगेनीले बताए। ‘दर्शकले यो सुनेर प्रतिक्रिया दिनुहुनेछ भन्ने विश्वास छ’, पंगेनीले भने ‘यो गीत प्रति पनि श्रोतादर्शकको आर्शिवाद मिल्छ भन्ने बिश्वास छ।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment