कोशीमा न्यूनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन

डिसी नेपाल
६ असोज २०८१ १९:०३
40
Shares

विराटनगर। नेकपा एमाले-कांग्रेस गठबन्धनको कोशी प्रदेश सरकारले न्यूनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन गरेको छ ।

आइतबार सत्तापक्षीय संसदीय दलको संयुक्त बैठकले न्यूनतम साझा कार्यक्रम तय गर्न कार्यदल गठन गरेको हो। ६ सदस्यीय कार्यदलमा दुई जना मन्त्री छन् ।

कार्यदलमा एमालेबाट आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना, एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी र प्रदेश सांसद तिलचन पाठक छन्।

कांग्रेसबाट भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राई र कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्की र कांग्रेस प्रमुख सचेतक गोपाल तामाङ छन्।

एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीका अनुसार कार्यदललाई न्यूनतम साझा कार्यक्रम तय गर्न २३ असोजसम्मको समय दिइएको छ। समितिले तयार गरेको न्यूनतम साझा कार्यक्रमलाई प्राथमिकतामा राखेर सरकारले आफ्नो काम गर्नेछ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *