गुल्मीमा सुख्खा पहिरोमा परी एक महिला बेपत्ता

डिसी नेपाल
७ असोज २०८१ २०:४७
80
Shares

गुल्मी। सुख्खा पहिरोमा परी यहाँको मालिका गाउँपालिका–२ जुनाम सिम्लेस्थित एक महिला बेपत्ता भएकी छन्। ६९ वर्षीया टनि पुन आईतबारदेखि बेपत्ता भएकी हुन्।

घर नजिकै रहेको मनकामना सामुदायिक वनमा गोरु चराउन गएको बेला सुख्खा पहिरो झरेको थियो। त्यसपछि उनी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पहिरो गएको ठाउँमा आज खोजतलास गर्ने क्रममा दुइवटा गोरू मरेको भेटिएको प्रहरीले जनाएको छ। उक्त सामुदायिक वनको छ सय मिटर माथिबाट सुख्खा पहिरो गएको छ।

उनी अझै सम्पर्कमा नआएकोले पहिरोमा पुरिएको हुनसक्ने प्रहरीको अनुमान छ। स्थानीय र प्रहरीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी शंकरप्रसाद पोख्रेलले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *