‘मिष्टर ग्लोबल’का लागि थाइल्याड उडे योगेश
काठमाडौं। अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘मिष्टर ग्लोबल नेपाल २०२४’ नेपालको प्रतिनिधित्व गर्न योगेश श्रेष्ठ थाइल्याड उडेका छन्।
‘मिष्टर नेपाल २०२४’को उप विजेता समेत रहेका श्रेष्ठले बैंककमा २४ सेप्टेम्बरदेखि ७ अक्टोबरसम्म आयोजना ‘मिष्टर ग्लोबल २०२४’ नेपाल चिनाउँछन्।
३६ भन्दा बढी देशका युवाको सहभागीता रहने प्रतियोगतिाका लागि उनी सोमाबार मध्यान्न नेपाल एरलाइन्सको विमानमार्फत थाइल्याण्ड उडेका हुन्।
प्रतियोगीतामा नेपाली, कलासंस्कृतिको अलवा नेपालको पर्यटन क्षेत्रको विश्वका प्रतिनिधि माझ चिनाउने श्रेष्ठले बताए।
‘प्रतियोगितामा म बुद्धको थिममा बिभिन्न प्रस्तुति दिने छु’, श्रेष्ठले भने ‘बुद्धका बिभिन्न मन्त्र समेत प्रचार गर्दै शान्तीको सन्देश फैलाउने छु।’
श्रेष्ठलाई ‘मिष्टर नेपाल २०२४’ नेक्स्ट मोडल्स नेपालले पठाएको हो। प्रतियोगीताको शिर्ष उपाधि भित्र्याउने विश्वासका श्रेष्ठलाई ‘मिष्टर नेपाल २०२४’ मा पठाएको नेक्स्ट मोडल्स नेपालका सिइओ रवि धमलाले बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment