‘उद्यमी’ बोलको गीत सार्वजनिक

डिसी नेपाल
८ असोज २०८१ १०:५५
12
Shares

काठमाडाैं। बुटवलका युवा उद्यमी संगीत गैरेले ‘उद्यमी’ बोलको गीत ल्याएका छन्। यु.एन. भी नेपालको लगानी रहेको गीतमा चर्चित गायक प्रमोद खरेलले स्वर दिएका छन्। संगीत गैरेको शब्द र संगीत रहेको गीतलाई विशाल निरौलाले एरेन्ज गरेका हुन्।

भिडिओमा संगीत स्वयंमले अभिनय गरेका छन्। यसको भिडिओ पनि उनकै कथा र निर्देशनमा बनेको हो। विभिन्न सपना बोकेर गाउँबाट रित्तो हात सहर छिरेको युवाले नयाँ ठाउँमा गरेको मेहनत र पाएको सफलतालाई भिडिओमा देखाइएको छ।

‘म व्यवसायिक कलाकार त होइन्। युवाहरूलाई स्वदेशमै केही गर्न प्रोत्साहन मिलोस् भन्ने सोचले यो गीत बनाएको हुँ,’ संगीतले भने, ’आफ्नै कथा बोकेको गीत भएकाले भिडिओमा पनि आफै अभिनय गरेँ।’

बुटवलमै खिचिएको भिडिओलाई दीपक गिरीले छायांकन, अमृत चापागाईँले सम्पादन गरेका हुन्। ‘श्रीधर अधिकारी’ युट्युब च्यानलबाट भिडिओ सार्वजनिक गरिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *